अद्रिनलाई स्वर्ण

विजेश्वरीका अद्रिन शाहीले १४ औं हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा बिहीबार स्वर्ण जितो छन् । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा अद्रिनले जुगलका समिर तामाङलाई ३–१ को सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा एभरेष्टकी प्रदीपा सुवालले फाइनलमा प्रभातकी दीपशिखा शशिकलालाई ३–१ कै सेटमा हराउदै पहिलो भइन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको यु–१२ सिंगल्सको ब्वाइजमा चिल्ड्रेन गार्डेनका आशिष भट्टराई तथा गल्र्समा एभरेष्टकी केरिना सुवाल पहिलो भए । फाइनलमा आशिषले सिद्धार्थ बनस्थलीका उज्ज्वल मानन्धर तथा केरिनाले युलेन्सकी शुभश्री श्रेष्ठलाई समान ३–२ को सेटमा पाखा लगाए । १२ स्पर्धा समावेश प्रतियोगिताका बाँकी खेल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *