‘अधिनायकबाद’ को अन्त्य, बेल्जियम सेमिफाइनलमा

विश्व फुटवल जगतमा एक छत्र राज गरिरहेको ब्राजिलको छैटौ पटक विश्व कप जित्ने सपन चकनाचुर भएको छ । शुक्रवार राती भएको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमले ब्राजिल माथी २–१ गोल अन्तरको जीत दर्ता गरायो । बेल्जियमले विश्व कप फुटवलमा सेमिफाइनल यात्रा तय गरेको तीस बर्ष पछि यो  पहिलो पटक हो । । खेलको १३ औं मिनेटमा फर्नान्डिन्होले गरेको हेडमा चिप्लिएर बलले आफनै पोष्टको जाली चुमेपछि ब्राजिलको दुर्भाग्य शुरु भएको थियो । ३१ औं मिनेटमा डि ब्रुनेले थप एउटा आकर्षक गोल गरेपछि ब्राजिल संकटमा परेको थियो । बैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका अगष्टोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो सफल हुन सकेन र खेल बेल्जियमले जित्यो । अव फाइनल प्रवेशका लागी बेल्जियम र फ्रान्स विच आगामी मंगलवार भिडन्त हुनेछ ।  बेल्जियमले प्रि क्वाटरफाइनलमा जापानलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो । २–० ले अघि रहेको जापानलाई थप तीन गोल गरेर बेल्जिमयले आफु डार्क हर्स भएको प्रमाणित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *