अनितालाई सम्मान

काठमाडौं, असार ३ गते ।

नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ । नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्‍याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको अनिताले जानकारी गराइन् । अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन् । तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर र प्रोमोटर पनि चयन गरिएको छ । अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी छन् । अनिता उक्त क्लबको प्रमुख कार्यकारी अधिकृत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *