अन्तिम १६ मा आठ टिमको स्थान पक्का

मस्को, एजेन्सी
विश्व कप फुटवल अन्र्तगत लिग चरणका खेलहरु सकिदै गर्दा नक आउट चरणमा स्थान सुरक्षित गर्ने र घर फर्कने टिमहरुको सुचि तयार हुन थालेको छ । विश्व कप फुटवलमा अहिलेसम्म समुह ए बाट उरुग्वे र रसिया तथा समुह वि बाट स्पेन र पोर्चुगल अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भएका छन् । त्यस्तै समुह सि बाट फ्रान्स र डेनमार्क तथा समुह डि बाट क्रोएशिया र अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । अर्जेन्टिनाले मंगलवार राती भएको खेलमा नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गरेपछि अघिल्लो चरणको यात्रा तय भएको हो । सोही समुहमा रहेको क्रोएशियाले आइसल्याण्डलाई पराजित गरेको थियो । सो हार पछि आइसल्याण्डको पछि अघिल्लो चरणको यात्रामा पुर्ण  विराम लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *