अमेरिकाको नाटकिय जीत

रियो, ३ असार
विश्व कप फुटवल अन्र्तगत मंगलवार विहान भएको खेलमा अमेरिकाले अफ्रिकी मुलुक घानालाई दुई एक गोल अन्तरले पराजित गरेको छ । अघिल्ला दुई वटा विश्व कपमा अमेरिकालाई घानाले नै पाखा लगाएको थियो । विगतको रिस पोख्न यस पटक भने अमेरिकीहरु सफल भएका छन् । खेल शुरु भएको एक मिनेट भित्रमा नै क्लिन्ट डेम्सेले सवैलाई चकित पार्दै गोल गरेका थिए । पहिलो हाफमा अमेरिकाले आफनो अग्रता कायम राख्न सफल भयो । तर दोस्रो हाफमा घानाका आन्द्रे आएऊले गोल गर्दै खेललाई एक एकको बरावरीमा ल्याएका थिए । ८२ औं मिनेटमा उनले गोल गरेका थिए । दुवै पक्ष खेल बरावरीमा सकिने सोचमा पुगिसकेका थिए । तर ८६ औं मिनेटमा जोहन ब्रुक्सले अमेरिकाक लागी अर्को गोल गरेपछि घाना स्तब्ध भएको थियो । ग्राहाम जुसीले प्रहार गरेको कर्नर किकलाई ब्रुकले हेड गर्दै गोल पोष्टमा छिराइदिएका थिए । उनी अमेरिकाका बैकल्पिक खेलाडी हुन् । अमेरिकी ८४ बर्षे विश्व कप फुटवलको इतिहासमा गोल गर्ने उनी पहिलो बैकल्पिक खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published.