अर्जेन्टिनाको जीतमा मेसीको प्रभाव

रियो, २ असार

लियोनेल मेसीको उत्कृष्ट प्रर्दशन पछि अर्जेन्टिना जारी विश्व कप फुटवलको समुहगत चरणको पहिलो खेलमा जीत दर्ता गराउन सफल भएको छ । अर्जेन्टिनाले सोमवार विहान भएको खेलमा बोस्निया हर्ज गोभिना माथी दुई एक गोल अन्तरको जीत दर्ता गराउन सफल भयो । खेल शुरु भएको तीन मिनेट पनि वित्न नपाउदै अर्जेन्टिनाले फ्रि किक हान्ने अवसर पायो ।
मेसीले हानेको फ्रि किक डि एरिया भित्र रोक्न खोज्दा बोस्नियाका सिड कोलासिनोविचको खुट्टामा लागेर गोल भएको थियो । आत्मघाती गोलका कारण बोस्निया खेलको पहिलो हाफमा एक शुन्यले पछि परेको थियो । तर खेलको ६५ औं मिनेटमा मेसीले उत्कष्ट खेल प्रर्दशन गर्दै आकर्षक गोल गरेपछि अर्जेन्टिना दुई शुन्यले अगाडी भएको थियो । खेलको ८५ औं मिनेटमा इविसेभिचले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर उनीहरुको प्रयास सफल हुन नपाउदै रेफ्रीले खेल सकिएको संकेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *