अर्जेन्टिना विरुद्ध आइसल्याण्डको ऐतिहासिक बरावरी

मस्को, एजेन्सी, अर्जेन्टिना विरुद्ध कमजोर आँकलन गरिएको आइसल्याण्ड शनिवार रातीको खेलमा निकै बलियो सावित हुदै बरावरी गर्न सफल भयो । पहिलो पटक अर्जेन्टिना विरुद्ध आमने सामने भएको आइसल्याण्डका लागी शनिवारको बरावरी ठुलो जीत भन्दा पनि बढी थियो । खेलको १९ औं मिनेटमा अगुइरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता ५ मिनेट पनि टिक्न सकेन । आइसल्याण्डका फिनबोगासनले राम्रो अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि खेल बरावरीमा सकियो । अर्जेन्टिनाले खेल आफनो पक्षमा पार्नका लागी पाएको पेनाल्टीको अवसरलाई चर्चित फुटवलर मेसीले गोलमा परिणत गर्न नसकेपछि अर्जेन्टिनी समर्थक निराश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *