अष्ट्रेलियन ओपनबाट नाडाल बाहिरिए

यो सिजनको पहिलो ग्राण्ड स्लाम अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै राफेल नाडाल बाहिरिएपछि खेल जगतमा सनसनी मच्चिएको छ । मंगलवार भएको पहिलो चरणको खेलमा स्पेनी नाडाल फर्नान्डो भर्डास्कोसग पराजित भएका हुन् । भर्डास्कोले ७–६, ४–६, ३–, ७–६ र ६–२ को सेटमा पराजित भएका थिए । यी दुई विचको खेल ४ घण्टा ४० मिनेट चलेको थियो । उता महिला तर्फ पनि खेलप्रेमीलाई आश्चर्यचकित पार्ने खेल भएका छन् । दोस्रो वरियताकी सिमोना हालेप पनि पराजित भइन् ।
२४ बर्षिय रोमानियाली हालेप चिनिया झाङ सुआई सग ६–४ र ६–३ को सेटमा पराजित भइन् । वरियता क्रममा झाङ १ सय ३३ औं नम्वरमा छिन् । सो खेलमा हारेपछि हालेपले भनिन् ‘ म ज्यादै दुखी छु । तर आज यो एउटा मात्रै खेल हो , भोली फेरि अर्को नया दिन शुरु हुनेछ । ’ उनले चिनिया झाङको प्रसंसा पनि गरिन् । त्यस्तै अर्को खेलमा जेरेमी चार्डीले अर्नेष्ट गुल्बिसलाई पराजित गरे । महिला तर्फकै अन्य खेलमा सेरेना विलियम्स र अन्ना इभानोविचले पनि आ आफना खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *