अष्ट्रेलियामा मनिष अब्बल

काठमाण्डौ, खेलपेपर
अष्ट्रेलियामा भइरहेको चेस प्रतियोगितामा नेपालका मनिष हमालले उत्कृष्ट प्रर्दशन जारी राखेका छन् । पाँच राउण्डको खेल सकिदा मनिषले ३ दशमलव ५ स्कोर गरेका छन् । सिड्नीको म्याक्वारी युनिभर्सिटी चेस फेष्टिवलमा नेपालबाट मनिष र सुनिल कोइरलाा सहभागी छन्् ।

नौ राउण्डको खेलमा मनिषको अहिलेसम्मको प्रर्दशनलाई विपक्षी खेलाडीले पनि तारिफ गरेका छन् । पाँचौ राउण्ड अन्र्तगत शुक्रवार विहान भएको खेलमा खेलमा अष्ट्रेलियाली फिडे मास्टर तथा २१ ४६ रेटिङ भएका ओची केभिनलाई मनिषले पराजित गरे । नेपालका पूर्व च्याम्पियन समेत रहेका मनिषले यस अघि २३७२ रेटिङ भएका आई एम डेल अरि माथी पनि जीत दर्ता गराएका थिए । २२४३ रेटिङ भएका डब्ल्यु जि एम विरुद्ध बरावरी खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *