अष्ट्रेलियासँग भारतको लगातार चौथो हार

भारत विरुद्धको चौथो एकदिवसीय क्रिकेटमा पनि अष्ट्रेलियाले सम्मानजनक जीत दर्ता गराएको छ । क्यानबेरामा भएको खेलमा अष्ट्रेलियाले भारत माथी २५ रनको जीत दर्ता गरायो । टस जितेर पहिले  ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय ४८ रन बनाएको थियो । अष्ट्रेलियाका लागी ए जे फिन्चले १ सय ७ रनको पारी खेलेका थिए । उनले १ सय ५३ बल खेल्दै ९ चौका र २ छक्काको मदतमा सो स्कोर बनाए । पि डि स्मीथले ५१ तथा म्याक्सवेलले ४१ रन पनि थपेका थिए । स्मीथले ३३ रन जोडेका थिए । भारतका लागी इशान्त शर्माले १० ओभरमा ७७ रन दिएर चार  विकेट लिएका थिए । यादवले तीन विकेट झारेका थिए । जवाफमा ब्याटिङ गरको भारतको शुरुवात सानदार थियो तर मध्यक्रममा पारी सम्हाल्न नसक्दा हार ब्यहोर्न  उनीहरु बाध्य भए । ओपनर रोहित शर्मले ४१ रन बनाए । अर्को ओपनर एस धवनले १ सय २६ रन बनाए । तेश्रो नम्वरमा ब्याटिङ गरेका विराट कोहलीले १ सय ६ रन बनाए । धवन र कोहली आउट भएपछि भारतको पारी लड्खडाएको थियो । उनीहरु पछि आएक कसैले  पनि राम्रो ब्याटिङ गर्न सकेनन र खेल अष्ट्रेलियाको पक्षमा गयो । पाच वटा एकदिवसीय खेलमा अष्ट्रेलियाले लगातार चार वटामा जीत दर्ता गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *