अस्ट्रेलियन ओपनमा जोकोविचको कठिन जित

पाँच पटकका च्याम्पियन नोभाक जोकोविचलाई यो पटक अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा स्थान बनाउन निकै मिहिनेत गर्नुप¥यो । सर्बियाली जोकोविचले फ्रान्सेली गिलेस सिमोनको कडा खेलको सामना गनुर्् परेको थियो । पूरै पाँच सेटमा कडा मिहिनेतपछि मात्रै जोकोविचले खेल आफ्नो पक्षमा पार्दै अन्तिम आठमा स्थान सुरक्षित गरे । सिमोन विरुद्धको खेलमा जोकोविचले ६–३, ६–७, ६–४, ४–६ र ६–३ को सेटमा खेल आफ्नो पक्षमा पारे । यी दुई बीचको खेल ४ घन्टा ३२ मिनेट चलेको थियो । २८ वर्षीय जोकोविचको यो २७ औं ग्रान्ड स्लाम क्वाटरफाइनल यात्रा हो । खेल जितेपछि जोकोविचले भने, ‘गिलेस जस्तो खेलाडीसँग खेल्नु कठिन र रोमान्चक नै हुन्छ ।’ गिलेसले जहिले पनि राम्रो खेलेका छन् , आज पनि राम्रो खेले, यो खेलमा जित्न पाउदा म निकै खुसी छु ।’ अब जोकोविचले क्वाटरफाइनलमा जापानी केई निसिकोरीको सामना गर्नुपर्नेछ । निसिकोरीले जो बिल्फ्राइड सोङगालाई ६–४, ६–२ र ६–४ को सेटमा पराजित गरेका थिए । यस्तै आइतबार जित्ने अन्य खेलाडीहरूमा टोमास बर्डिज पनि रहेका छन् । चेक रिपब्लिकका बर्डिजले स्पेनी रोबर्टो बाउटिस्टालाई ४–६, ६–४, ६–३, १–६ र ६–३ को सेटमा पाखा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *