अस्तब्यस्त तयारीका बाबजुद शुरु भयो आठौ राष्ट्रिय खेलकुद

काठमाण्डौ, खेलपेपर
भौतिक पूर्वाधार निर्माणको काम नसकिएपनि र खेलका लागी अनुकुल मौसम नहुदा पनि राष्ट्रिय खेलकुद परिषद आठौ राष्ट्रिय खेलकुद आयोजना गर्न सफल भएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले एक समारोहका विच नेपालगंज रंगशालामा आठौ राष्ट्रिय खेलकुदको उदघाटन गरिन् । ओलम्पियन सुरेन्द्र हमाल सहितको टोलीले ओलम्पिक टर्च बालेर प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए । तर उनीहरुले औपचारिक शुभारम्भ गरिरहदा धेरै खेलका खेलाडी पदक जितेर काठमाण्डौ फर्किसकेका पनि थिए ।

अर्थात खेल शुरु भएको आठ दिन पछि मात्रै औपचारिक उदघाटन गरियो । उदघाटना समारोहमा नेपालका खेल क्षेत्रको प्रतिनिधित्व गर्ने, राजनैतिक दलका नेता तथा कार्यकर्ता लगायतको बाक्लो उपस्थिति थियो । उदघाटन समारोहलाई एउटा भब्य महोत्सव जस्तो बनाउन राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले विशेष मिहिनेत गरेका थिए । खेलका दृष्टिकोणले आठौ जस्तो भएपनि महोत्सवका आँखाबाट हेर्ने हो भने यसलाई भब्य नै मान्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *