आइस हक्कीमा पाठक

काठमाडौं : नेपाल आइस हक्की संघको अध्यक्षमा भुवन पाठक सोमबार निर्विरोध चयन भएका छन् । संघको दोश्रो साधारण सभाले पाठकको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन भएको छ ।उपाध्यक्षत्रयमा श्रीविक्रम भण्डारी, विजय खड्का र मदन केसी, महासचिवमा गणेश रिमाल, सचिवमा मनोज ढुंगेल तथा कोषाध्यक्षमा हरि मानन्धर रहेका छन् ।

प्रज्ज्वल थापा, मुकेश शाही, देवकृष्ण थापा, लेखनाथ शर्मा पराजुली, श्रेया केसी, रोजेश रिजाल, कमल शर्मा आचार्य, गोविन्दसिंह डंगोल, ठाकुरप्रसाद पौडेल र दिलबहादुर तामाङ सदस्यमा चयन भए । साधारण सभाको संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *