खेलपेपर, काठमाडौं.
२० मङ्सिर २०७५
४ डिसेम्बर २०१८ मा ओलम्पिक सोलिदरिटीले प्रेस रिलिज गर्दै विश्वभरीको ओलम्पिक संघहरुलाई निर्देशन गर्दै पत्र पठाएको छ। सो पत्रमा २२ फेब्रुअरी २०१८ मा अैबाले बोक्सिङमा लगाको प्रतिबन्दको बिस्त्रित जानकारी दिएको छ। आइ.अो.सि ले ओलम्पिक सोलिदरिटीको खेलाडीहरुको रोकिएको भत्ता पुन: खेलाडीहरुलाई दिने निर्णय गरेको छ तर एउटा सर्त भने राखेको छ। सर्त अनुसार रकमको सन्चालन भने कुनै पनि राष्ट्रिय बोक्सिङ संघदद्वारा गर्न पायिने छैन। हरेक भत्ताको रकम बाध्फाध भने कि राष्ट्रिय ओलम्पिक संघ अथवा लौसन्नेमा रहेको ओलम्पिक सोलिदरिटीबाट मात्र सन्चालन हुन पाउने छ ।
एही पत्रमा ओलम्पिक सोलिदरिटीको बोक्सिङ कार्यक्रमहरु पुन: सुरु हुने जानकारी पनि गरेको छ। ओलम्पिक सोलिदरिटीको छत्रब्रिधी भने अझै निलम्बित रहिरहेको पनि सो पत्रमा उल्लेख गरिएको छ।