आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन चैतमा

खेलपेपर, काठमाडौं।
२८ फागुन २०७५

प्रदेश नं ५ मा आयोजन गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी चैत २५ गते गर्ने प्रस्ताव अघि बढेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कार्यकारी समितिको आज बसेको बैठकले आगामी चैत २५ गते औपचारिक उद्घाटन र ३० गते समापन गर्ने गरी मिति तोक्न राखेप बोर्डलाई सिफारिश गर्ने निर्णय गरेको राखेप सदस्य–सचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले राससलाई जानकारी दिनुभयो ।

राखेप सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी चैत १९ गतेबाट केही खेल शुरु गर्ने, २५ गते उद्घाटन र ३० गते समापन गर्ने गरी सिफारिश गरिएको राखेपका प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो । यसअघि माघमा आयोजना गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि प्रतियोगिता कहिले सञ्चालन हुने भन्ने अन्योल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *