आयोजक रसिया दोस्रो चरणमा पुग्ने पहिलो टिम

मस्को, एजेन्सी । विश्व कप फुटवल अन्र्तगत समुहगत चरणको दोस्रो खेलमा पनि रोमान्चक जीत निकाल्दै रसिया दोस्रो चरणमा स्थान सुरक्षित गर्न सफल भएको छ । उदघाटन खेलमा साउदी अरेवियालाई ५–० गोल अन्तरले पराजित गरेको रसियाले मंगलवार राती भएको खेलमा इजिप्टलाई तीन एक गोल अन्तरले पराजित गरेको हो । यो जीत पछि दुई खेलमा ६ अंक सहित रसिया पहिलो स्थानमा छ । दुवै खेलमा पराजय ब्यहोरेको इजिप्टको अघिल्लो चरण प्रवेशको संभावना लगभग समाप्त भएको छ । इजिप्टले साउदी अरेवियासँग अझै एक खेल खेल्न बाकी छ ।

साउदी अरेवियाको पनि कुनै अंक छैन । उरुग्वेले एक खेलमा जीत निकाल्दै तीन अंक बटुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *