आर्मीको जित साथ् शिर्षस्थानमा

खेलपेपर, काठमाडौं |

चौथो चरणको पहिलो खेलमा त्रिभुवन अार्मी क्लबले सीएमजी क्लब संकटालाई ५-१ ले पराजित गरेको छ ।

खेलको ९ औ मिनटमा  संकटाले गोल गर्दै अग्रता लिएको थियो| टेकबहादुरले गोलरक्षक अगाडी बढेको मौकाको फाइदा उठाउँदै १७ औं मिनेटमा बराबरी गोल गरे । २९ औ मिनटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाये | दोस्रो हल्फमा आर्मीले ३ गोल थप्दै ५-१ को जित हसिल गरेको छ |

चौथो चरणको पहिलो खेल सके सँगइ आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलमा अार्मी ३ जित र १ बराबरीसँगै १० अंक जोड्न सफल भएको छ ‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *