इआइडो तथा केन्डो टोलीको बिदाइ

काठमाडौं : दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाल इआईडो तथा केन्डो संघको टोलीलाई मंगलबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे ।

असोज २९ देखि कात्तिक ५ गतेसम्म मलेसियामा हुने मलेसिया केन्डो एक्सचेन्ज फर गुडविल टुर्नामेन्ट तथा सिंगापुरमा हुने ३१ औं लिम चाइ क्वा टुर्नामेन्टमा नेपालले सहभागिता जनाउन लागेको हो ।खेलाडीमा अमितकुमार चौधरी र दिपेश डंगोल, अफिसियलमा केशवकृष्ण डंगोल र सञ्जय न्याइच्याइ तथा व्यवस्थापकमा सुनिता डंगोल छन् । टोली बुधबार जाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *