इङल्याण्डको रोमान्चक क्वाटरफाइनल यात्रा

मस्को, एजेन्सी
जीतको नजिक पुगेर पनि रोकिएको इङल्याण्ड पेनाल्टी सुट आउटमा अब्बल सावित हुदै विश्व कप फुटवलमा क्वाटरफाइनलको यात्रा तय गर्न सफल भएको छ । मंगलवार राती भएको खेलमा इङल्याण्डले पेनाल्टी सुट आउटमा दक्षिण अमेरिकी मुलुक कोलम्वियालाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय ग¥यो । खेलको ५७ औं मिनेटमा पेनाल्टी मार्फत केनले इङल्याण्डका लागी गोल गरेका थिए । खेल सकिन एक मिनेट भन्दा पनि कम समय बाँकी रहेको बेला कर्नर किक मार्फत कोलम्वियाले गोल फर्काएपछि इङल्याण्डको सहज क्वाटरफाइनल यात्रामा केही बेर रोक लागेको थियो । थप गरिएको समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी मार्फत गर्नु परेको थियो । इङल्याण्डले विश्व कप फुटवलमा पेनाल्टीमा जीत हात पार्दै क्वाटर फाइनलको यात्रा तय गरेको यो पहिलो पटक हो । त्यसैले पनि इङल्याण्डका लागी यो जीत ऐतिहासिक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *