इनोभेटिभको दोश्रो जित

खेलपेपर, काठमाडौं।
२० माघ २०७५

आयोजक इनोभेटिभ इङलिस स्कुलले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार लगातार दोश्रो जित हात पारेको छ ।

राउन्ड रोविन लिगको दोश्रो खेलमा इनोभेटिभले स्वप्न वाटिकालाई २०–१२ ले पराजित ग¥यो । इनोभेटिभको जितमा समन्ता थापाले ५ अंक योगदान गरिन् ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, भ्याली पब्लिक र नेरिक विजयी भए । राजिव आले मगरको १८ अंक सहयोगमा ग्रिनल्यान्डले श्रीदिवालाई ४३–२७ ले हरायो । भ्याली पब्लिकले काठमाडौं जेभियरलाई ४९–४४ ले पाखा लगायो । भ्याली पब्लिकका राहुल विकले २२ अंक बटुले । नेरिकले इनोभेटिभलाई ५७–३५ ले निराश पा¥यो । नेरिकका साजन थापा र महेश क्षेत्रीले समान २०–२० स्कोर गरे ।
जुनियर ब्वाइजमा स्वप्न वाटिकाले इनोभेटिभलाई १९–८ तथा पुष्पसदनले एआईएलाई २२–१९ ले पन्छाए । स्वप्न वाटिकाका अर्पण राईले १२ तथा पुष्पसदनका आशिष महर्जनले ६ अंक जोडे ।
रेडिअन्ट सेमिफाइनलमा
रेडिअन्ट पब्लिक प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
रेडिअन्टले हिमालयलाई ३३–१३ ले सहजै पराजित ग¥यो । रेडिअन्टकी अस्मिता गुरुङले १५ अंक जोडिन् ।
सिनियर ब्वाइजमा मोनास्टिकले ओसिसलाई २०–१० तथा रेडिअन्टले बेबिलनलाई ३५–१७ ले हराए । मोनास्टिकका सञ्जोग खड्काले ८ तथा रेडिअन्टका उपेन्द्र बस्नेतले ११ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले नव ज्योतिलाई ३७–११ तथा रेडिअन्टले आयोजक न्यु भिजन एकेडेमीलाई ३५–२० ले पाखा लगाए । ग्रिनफिल्डका महेश दाहाल र विपिन दाहालले समान ६–६ तथा रेडिअन्टका रोहित चौधरीले १४ अंक जोडे ।

Leave a Reply

Your email address will not be published.