इन्ज्योरि टाइमको पेनाल्टी ग्रीसको भाग्य

रियो, १० असार
विश्व कप फुटवलको अन्तिम १६ मा पहिलो पटक स्थान बनाउन ग्रीस सफल भएको छ । इन्ज्योरी टाइममा ग्रीसले पेनाल्टी हान्ने अवसर पायो । सो अवसरलाई  जर्जियोस सामारासले गोलमा परिणत गरिदिएपछि ग्रीस इतिहास रच्न सफल भयो । ग्रीसले आइभोरीकोष्ट माथी दुई एक गोल अन्तरको जीत दर्ता गराएको थियो । पुर्व युरो कप विजेता ग्रीस अहिलेसम्म विश्व कपको दोस्रो चरणमा प्रवेश गर्न सकेको थिएन ।
अघिल्लो चरणमा स्थान बनाउन ग्रीसलाई मंगलवार रातीको खेलमा जीत आवश्यक थियो । खेलको ४२ औं मिनेटमा वैकल्पिक खेलाडी आन्द्रियास सामारिसले आइभोरीकोष्टको कमजोर डिफेन्सको फाइदा उठाउदै गोल गरे । पहिलो हाफमा ग्रीसको अग्रता कायमै रहयो । खेलको ७४ औं मिनेटमा आइभोरी कोष्टका विल्फ्राइड बोनीले गोल गरेपछि खेल एक एकको बरावरीमा पुगेको थियो । निर्धारित ९० मिनेटमो समय सकिएपछि थप गरिएको इन्ज्योरी टाइममा ग्रीसले पेनाल्टी हान्ने अवसर पायो । जुन आइभोरी कोष्टका लागी दुर्भाग्यपुर्ण सावित भयो । अव प्रि क्वाटरफाइनलमा ग्रीसले कोष्टारिकाको सामना गर्नुपर्नेछ । पछिल्ला तीन वटा विश्व कपमा आइभोरी कोष्ट लगातार पहिलो चरणबाटै बाहिरिएको छ । आइभोरी कोष्टको पराजय लगत्तै प्रशिछक साब्री लामोऔचीले पदबाट राजीनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published.