इन्डोनेशियाली खेलाडीलाई सेना र प्रहरीमा जागिर

जार्काता, एजेन्सी
इन्डोनेशिया सरकारले जारी एशियन गेम्समा पदक जित्ने खेलाडीलाई सेना र प्रहरीमा जागिर दिने भएको छ । जारी एशियन गेम्सका लागी इन्डोनेशियाका सेफ दि मिसन रिटायर्ड जनरल स्याफरुद्धिनले खेलाडीहरुसँग अन्र्तक्रिया गर्ने क्रममा उनीहरुलाई सरकारी सेवा, सेना वा प्रहरीमा जागिर दिन सकिने बताए । उनले स्वर्ण पदक पाउने खेलाडीले मात्र नभइृ रजत र कास्य पदक पाउने खेलाडीले पनि त्यस्तो अवसर पाउने बताए । इन्डोनेशियाली खेलाडीले उसुमा स्वर्ण पदक जिते लगत्तै उनले यस्तो अभिब्यक्ति दिएका हुन् । खेलाडीहरुलार्इृ यसले हौसला बढाउने विश्वास उनले ब्यक्त गरे । खेलाडीहरुको भविष्य सुनिश्चित हुने विषय इन्डोनेशियामा पनि समस्याकै रुपमा रहेको उनको भनाईले पुष्टि गरेको छ । तर इन्डोनेशिया एशिया कप आयोजना गर्ने तहमा पुगिसकेको छ । जारी एशियाली खेलकुदमा पनि इन्डोनेशियाका प्रर्दशन विगतको भन्दा राम्रो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *