इपीएस क्वाटरफाइनलमा

इपीएस चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पिस प्वाइन्ट स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा इपीएसले एभीएमलाई ४–१ गोलले पराजित ग¥यो ।

विजेताका अर्विन नगरकोटीले २ तथा देवराज कार्की र दया मुखियाँले १–१ गोल गरे । ब्वाइजमै नोबेलले रिभेरालाई ४–१ तथा जगत मन्दिरले सप्तगण्डकीलाई टाइब्रेकरमा ५–३ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।गल्र्समा इपीएसले सम्भावीलाई टाइब्रेकरमा २–१ तथा सनसाइनले प्रस्फुटनलाई १–० गोलले पाखा लगाए । सनसाइनसी रेणु राईले निर्णायक गोल गरिन् ।

Leave a Reply

Your email address will not be published.