इबीए क्वाटरफाइनलमा

काठमाडौं :इबीए सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।इबीएले न्यु भिजनलाई १८–१२ ले पराजित ग¥यो । जुनियर ब्वाइजमै महामञ्जुश्रीले एआईलाई ३२–२० तथा पुष्पसदनले मोक्सदालाई १४–११ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । महामञ्जुश्रीका शिवम् लामाले १४ तथा पुष्पसदनका प्रज्ज्वल अधिकारीले ९ अंक जोडे ।

सिनियर ब्वाइजमा रुपिजले तोरणलाई ४६–३०, एरिसले होली भिजनलाई ४७–३६ र नेपालयले बौद्ध चिल्ड्रेन हेभेनलाई ३४–२९ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए । रुपिजका आदित्य गुरुङले १०, एरिसका उज्ज्वल लिम्बूले १७ र नेपालयका देव आले मगरले २४ स्कोर गरे ।
सिनियर गल्र्समा द चाँदबागले ग्यालेक्सीलाई १५–८, निम्सले मोक्सदालाई १८–१०, इनोभेटिभले जेसिस इन्टरनेसनललाई २३–१० र सिद्धार्थ बनस्थलीले न्यु भिजनलाई १३–११ ले पन्छाए । चाँदबागकी श्रेया गुरुङले ७, निम्सकी डोल्मा तामाङले १०, इनोभेटिभकी स्वच्छता थापाले ६ र सिद्धार्थ बनस्थलीकी यशश्री गुप्ताले ९ अंक बटुले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *