उमा कुङफु टोली अस्ट्रिया प्रस्थान

काठमाडौं : वल्र्ड कप ब्रिगेन्ज ओपनमा सहभागी हुन नेपाली उमा कुङफु टोली बुधबार अस्ट्रियाको ब्रिगेन्ज प्रस्थान गरेको छ ।नोभेम्बर १५ र १६ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष खेलाडीको नेपालको चुनौती प्रस्तुत गर्ने छन् । कमल मगरले ३, रमेश महर्जनले १ र सञ्जय पुटुवारले ३ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा अशोक केसी तथा व्यवस्थापकमा सुदिश पाण्डे रहेका छन् । सञ्जय र अशोक भने बिहीबार मात्र अस्ट्रिया जाने छन् ।टोलीलाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, उपाध्यक्ष सन्जित राई र महासचिव भुपेन्द्र गुरुङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । बिदाइका अवसरमा टोलीलाई केटीएम जिन्सद्वारा प्रायोजित ट्रयाक सुट वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *