उसुमा नेपाललाई थप पाँच रजत

भारतको सिलोङमा जारी बाह्रांै दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले  उसुमा थप पाँच रजत पदक जितेको छ । उसुमा नेपालकी झरना गुरुङ, जुनी राई, विन्दु पुन, हरिप्रसाद गोले र राजेश चौधरीले रजत पदक जितेका हुन् । महिला सान्सुतर्फ स्वर्ण पदकका लागि भएको स्पर्धामा ५२ किलो तौल समूहमा झरना भारतकी युमनाम सनाथोइ देवीसँग २÷० अङ्कले पराजित भइन् । त्यस्तै, सोही स्पर्धाको ६० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा जुनी भारतकी अरूणनपमा देवीसँग २÷० अङ्कले नै पराजित हुन पुगिन ।   यस्तै उसुको महिला सान्सुतर्फ ७० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपालकी विन्दु भारतकी पूजा काडियासँग २÷० अङ्कले पराजित भइन् । उसुको थाउलो स्पर्धामा हरिप्रसादले कुल १८.०२ अङ्कसहित रजत पदक जिते । उक्त स्पर्धामा भारतले स्वर्ण पदक हात पा¥यो । यस्तै उसुको पुरुष सान्सुतर्फ ५६ किलो तौल समूहमा नेपालका राजेश चौधरीले रजत पदक जितेका छन् । उनी स्वर्ण पदकका लागि भएको खेलमा भारतका रवी पञ्चलसँग २÷० अङ्कले पराजित भए । योसँगै नेपालको पदक सङ्ख्या २९ पुगेको छ । नेपालले हालसम्म एक स्वर्ण, ११ रजत र १७ काश्य पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *