उसु संघमा ‘हुस्स’ुहरुको हरिविजोग

काठमाण्डौ, खेलपेपर
राष्ट्रिय खेलकुद परिषदमा खेलकुद संघको निर्वाचनको विषय सवैको चर्चाको विषय बन्ने गरेको छ । नेपालमा प्राय खेल संघको निर्वाचन या त गोप्य रुपमा भित्रभित्रै मिलान गरेर सार्वजनिक गरिन्छ या त विवाद हुन्छ । केही खेल संघमा भने विवादका बावजुद निर्वाचन हुने गरेको छ । अहिलेसम्म नेपालको खेल संघको निर्वाचनमा देखिदै आएको अवस्था यही हो । राष्ट्रिय खेलकुद परिषदले नेपाल उसु संघमा देखिएको विवाद समाधान गनेृ उदेश्यले राष्ट्रिय मान्यता प्राप्त र अन्तराष्ट्रिय मान्यता प्राप्त दुवै संघ विघटन गरेर राखेप सदस्य सचिव केशव विष्टको अध्यक्षतामा तदर्थ समिति गठन गरेको दावी गरिएको थियो । यद्यपी दिपक सरकार अध्यक्ष रहेको कमिटिले अहिलेसम्म सो तदर्थ समितिको विरोध गर्दै आएको छ । आङडेण्डी शेर्पा अध्यक्ष रहेको कमिटिले विष्टको संयोजकत्वलाई स्वीकार गरेको देखियो । केशव विष्टले शुरुमा संघको निर्वाचन गराएर आफुले पद छाड्ने बताएका थिए । तर उनलाई कुनै न कुनै खेल संघ मार्फतबाट खेल क्षेत्रमा स्थायी बन्ने लोभ पलाएपछि उसु संघबाटै भएपनि खेलमा बसिरहने मनसाय उनले बनाएको देखियो । उनले अन्तिम अवस्थासम्म पनि प्रयास गरेर सो संघको अध्यक्ष बन्ने प्रयास गरे । गत शनिवार नेपाल उसु संघको साधारण सभा उदघाटन गर्दा सम्म केशव विष्ट निकै खुशी देखिएका थिए । उनले लामो भाषण बाजी पनि गरे । तर विर बहादुर तामाङले कुनै पनि हालतमा संघका अध्यक्ष पद नछाड्ने देखिएपछि केशव विष्ट कार्यक्रम स्थल नै छाडेर हिडे । उनी बन्द सत्र र निर्वाचन कार्यक्रममा पनि सहभागी भएनन् । अर्को पक्षको भाषामा भन्ने हो भने विष्टले बहिष्कार गरे । राखेपले बहिष्कार गरेपछि खेलकुद परिषदका कर्मचारी पनि त्यहाँबाट हिडेपछि नेपाल उसु संघको साधारणसभा अलपत्र परेको थियो । विर बहादुर तामाङ सहितको टोलीले बहुमत आफनो पक्षमा भएको दावी गर्दै नया कार्य समिति चयन गरेर सवैले खदा र माला पनि लगाए । प्राप्त जानकारी अनुसार जीवनराम श्रेष्ठ समुहको ‘अवैधानिक’ ओलम्पिक कमिटिले विर बहादुर तामाङलाई मान्यता दिने गोप्य सर्कुलर प्राप्त भएपछि नया समिति चयन गरिएको श्रोतको दावी छ । तर राखेपले यो नया कार्य समितिलाई मान्यता नदिने र निर्वाचनको अर्को कार्यक्रम तय गर्ने जनाएको छ । यो घटना पनि नेपाल उसु संघ थप विवादको भुमरीमा फसेको देखिन्छ । विगत देखी नै नेपालको उसु खेल मात्र होइन अन्य खेल संघमा पनि पदाधिकारी बन्नका लागी हानाथाप हुने चलन नै छ । पदाधिकारी भएपछि विभिन्न बहानमा हुने विदेश भ्रमण, स्वदेशका विभिन्न निकायबाट हुन सक्ने आर्थिक लाभ र विदेशबाट आउने सहयोग रकमका कारण नेपालको खेल संघहरुमा विवाद हुने गरेको छ । नेपाल उसु संघमा अहिले देखिएको विवाद पनि त्यसैको अर्को रुप हो ।

Leave a Reply

Your email address will not be published.