एएफसी कपको खेल तालिका सार्वजनिक

खेलपेपर, काठमाडौं |

एशियाली फुटबल महासङ्घले सन् २०१९ मा हुने ‘एएफसी कप फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरेको खेल तालिका अनुसार सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहनेछ ।

एएफसी कपमा एशियाका ३६ क्लबले भाग लिनेछन् । नेपालको तर्फबाट हाल काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता एएफसी कपमा सहभागी हुनेछ । खेल तालिका अनुसार नेपाल समूह इ मा परेको छ । उक्त समूहमा भारतको मिनेर्भा पञ्जाब र बङ्गलादेशको लिगमा च्याम्पियन बन्ने क्लब रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *