एक्सेल्सियरको विजयी सुरुआत

आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा बुधबार विजयी सुरुआत गरेको छ ।एक्सेल्सियरले ओरकल रे एकेडेमीलाई ५–० गोलले पराजित ग¥यो । एक्सेल्सियरका धीरज जोशीले २ तथा इश्वधन, रिजन पराजुली र साकार उप्रेतीले १–१ गोल गरे ।

यु–१६ गल्र्स फुटबलमा ग्यालेक्सी पब्लिक स्कुलले एलआरआईलाई २–१ तथा किड्स लर्निङलाई ४–०, प्याराडाइसले प्रिमियरलाई ५–१, आयोजक एक्सेल्सियरले किड्स लर्निङलाई ७–०, काष्ठमण्डपले प्रिमियरलाई २–० र प्याराडाइसले एक्सेल्सियरलाई २–१ गोलले हराए । गल्र्स फुटबल यसै संस्करणदेखि सुरु गरिएको हो ।बास्केटबलको जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले न्यु अरुणोदयलाई २१–१३ तथा बिग बुद्धले एलआरआईलाई २७–१२ ले पाखा लगाए ।

सिनियर ब्वाइजमा न्यु जेनिथले प्रिमियरलाई ४२–१२ तथा एलआरआईले ओसिसलाई ३६–१८ ले पन्छाए । त्यस्तै सिनियर गल्र्समा द चाँदबाग स्कुलले बृहस्पतिलाई १३–५ तथा शिशु निकुञ्जले ल्याबलाई ९–४ ले पराजित गरे । प्रतियोगिताको डिएसपी लालध्वज सुवेदी र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगिता पुस ११ गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *