एघारौं आ.टि.एफ तेक्वान्दो सुरु

काभ्रेको बनेपा स्थित लायकु क्लबमा फल्गुन १० गते भब्य समारोह बिच ११ औँ राष्ट्रि«य तेक्वान्दोको समुद्घाटन समारोहको उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन बनेपा नगरपालिकाका मेयर श्री लक्ष्मीनरसिं बादेले गर्नुभएको थियो । दुई दिने प्रतियोगितामा आजको उद्घाटनपछि सुरु भएको खेलमा दुईवटा स्वर्ण पदकको नतिजा आएकोमा पुरुष तर्फको १५–२० के जी तौल समूहमा निरञ्जन घिसिङ प्रदेश ३ प्रथम हुनु भएको थियो भने मौसम बि .क प्रदेश नं ५ ले रजत पदक प्राप्त गरे भने कास्यमा भइपेन्द्र राई आयोजकले प्राप्त गरेका छन् ।

त्यस्तैगरी महिलातपर्m भने प्रदेश नं ५ को श्रेया थापाले ३०–३५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएकी छिन् भने आयोजकको तर्फबाट रञ्जना मण्डनले रजत पदक हात पारेकी थिइन् । तथा कास्य पदक भने प्रदेश नं १ की शोभा राईले हात पारेकी छिन् । कार्यक्रममा महासंघका पदाधिकारी, समाजसेवी, राजनीतिज्ञ, बुद्धिजीवि, पत्रकार तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको महासंघका अध्यक्ष अञ्जन धमला ज्यूले जानकारी दिनुभएको छ । कार्यक्रम भोलि १२ गते सम्म सुचारु हुने जानकारी आयोजक कमिटीका मुख्य संयोजक श्री राजमन्दिर श्रेष्ठ ज्यूले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *