एथलेटिक्स संघको निर्वाचन स्थगित

राष्ट्रिय खेलकुद परिषदले केही समयका लागी साधारण सभा स्थगन गर्न गरेको आग्रह नेपाल एथलेटिक्स संघले स्वीकार गरेको छ । मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले एशियाली खेलकुदमा नेपाल पनि सहभागी हुने भएकाले नेपालका अधिकांश खेल अधिकारी त्यस तर्फ जाने भएकाले अहिले निर्वाचन गर्न उपयुक्त समय नभएको जनाएको छ । राखेपले पनि सोही ब्यहोराको पत्र आफुहरुलाई दिएका कारण पनि निर्वाचन केही समयका लागी स्थगन गरिएको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव शाहले पत्रकार सम्मेलनमा जानकारी दिए । एशियन गेम्स लगत्तै निर्वाचनको मिति तय  गरिने पनि संघले जनाएको छ ।

खेलाडी विदाई पनि सँगसँगै
संघले १८ औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरुलाई एक कार्यक्रमकाबिच बिदाई गरेको छ ।
१८ औं एशियाली खेलकुदमा एथलेटिक्स खेलाडी याम साजन सुनुवार ले एक सय मिटरमा सहभागी हुने छन् । यस्तै सोम बहादुर कुमालले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै सरस्वती भट्टराईले आठ सय र पन्ध्र सय मिटरमा सहभागी हुँदैछन् । विश्वरुपा बुढाले पाँच सय मिटरमा सहभागीता जनाउदै छन् ।यस्तै गोपिचन्द्र पार्की र कृष्णबस्नेतले म्याराथुनमा सहभागी हुने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.