एन्डी मुर्रे फ्रेन्च ओपनको चौथो चरणमा, डेल पोत्रो सोझो सेटमा पराजित

जेठ २०, काठमाडाैं । अर्जेन्टाइन खेलाडी हुवान मार्टिन डेल पोत्रोलाई सोझो सेटमा हराउँदै विश्व नम्बर एक एन्डी मुर्रे फ्रेन्च ओपनको चौथो चरणमा पुगेका छन् । ८४ मिनेट लामो खेलमा तीस बर्षे मुर्रेले पात्रोलाई ७–६, ७–५ र ६–० को सोझो सेटमा हराए । क्ले कोर्ट ग्राण्डस्लामको पहिलो उपाधिको खोजीमा रहेका मुर्रेले चौथो चरणमा अमेरिकाका जोन आइस्नर र रसियाका कारेन खाचानोभवीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.