एपिएफलाई महिला राष्ट्रिय लिगको उपाधि

काठमाण्डौ, खेलपेपर ।
सशस्त्र प्रहरीको एपिएफ क्लवले नेपाली सेनाको त्रिभुवन आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै महिला राष्ट्रिय लिग फुटवलको उपाधि जितेको छ । मंगलवार भएको अन्तिम दिनको खेलमा आर्मीलाई पराजित गरेपछि एपिएफले पहिलो स्थानमा कब्जा जमाएको हो । अन्तिम दिनको खेलमा एपिएफका लागी सावित्रा भण्डारी एक्लैले तीन गोल गरेकी थिइन् । आर्मीका लागी पुनम जर्गा मगरले गोल गरिन् । उपाधि विजेता एपिएफले ट्रफी सँगै नगद २ लाख रुपैया पनि प्राप्त ग¥यो । उपविजेता आर्मीले नगद १ लाख रुपैया प्राप्त ग¥यो । तेश्रो स्थान प्राप्त गरेको रौतहटले नगद ५० हजार रुपैया पनि प्राप्त ग¥यो । यता मंगलवार नै भएको पहिलो खेलमा नेपाल पुलिस क्लवले काठमाण्डौ जिल्ला फुटवल संघलाई शुन्यका विरुद्ध नौ गोलले पराजित गरेको थियो । प्रतियोगिता बेष्ट कोचको उपाधि एपिएफका  जनक सिंहले प्राप्त गरे । बेष्ट फरवार्ड रस्मी कुमारीले र बेष्ट डिफेन्सको उपाधि पुनम जर्घा मगरले जितिन् । बेष्ट मिडफिल्डको उपाधि रेनुका नगरकोटीले जितिन् । बेष्ट किपरको उपाधि अन्जली शुब्वाले जितिन् । उनीहरुले सवैले जनही १० हजार रुपैया पनि प्राप्त गरे । प्रतियोगितामा मोष्ट भ्यालुएवल प्लेयरको उपाधि सावित्रा भण्डारीले जितिन् । उनले ट्रफी सँगै नगद २५ हजार रुपैया पनि प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *