एपीएफको सहज जित

खेलपेपर, काठमाडौं।
२३ मङ्सिर २०७५

रुपबहादुर लामाको दुई गोलमा नेपाल एपीएफ क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लबलाई ३-० ले पराजित गरेको छ । एपीएफले एकतर्फी दबाब बनाएको खेलमा अग्रता लिन भने १८ औं मिनेटसम्म कुर्नु परेको थियो । श्याम नेपालीको कर्नरमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफको दुई मिनेट समय बाँकी रहँदा युवराजले अग्रता दोब्बर पारे । उनले एकल प्रयासमा पेनाल्टी क्षेत्र नजिकैबाट गोल गरेका थिए । पहिलो हाफमा एपीएफ २-० ले अगाडी रहयो ।

दोस्रो हाफमा सरस्वतीले खेलमा फर्कने संकेत दियो । सरस्वतीले ५५ औं मिनेटमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग गर्न सकेन । मनीष थापाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्केपछि गोलरक्षकले बचाउ गरे । ६९ औं मिनेटमा फेरी सरस्वती अभागी सावित भयो । भिक्टरको प्रहार पोस्टमा लागेर फर्कंदा रिबाउन्डमा विनोद केसीको प्रहारलाई गोलरक्षक अमृत चौधरीले बचाए । खेलको तीन मिनेट समय बाँकी रहँदा रुपबहादुर लामाले श्याम नेपालीको पासको सदुपयोग गर्दै गोल गरे । अन्तिम मिनेटमा एपीएफका युवराज खड्काले दिएको पासमा आशिष लामाको प्रहारलाई ओलुसोला इब्राहिमले गोललाइन नजिकबाट क्लिएर गरिदिए ।

यस जितसँगै एपीएफको ७ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक पुगेको छ । सरस्वती भने ७ खेलमा ६ अंकमा नै सिमित छ ।

Leave a Reply

Your email address will not be published.