एभरेष्ट प्रिमियर लिग(इपिएल)को ट्रफी सर्वजनिक

खेलपेपर, काठमाडौं।
२० मङ्सिर २०७५

एभरेष्ट प्रिमियर लिग(इपिएल) सुरु हुन १ दिन मात्र बाँकी हुँदा लिग बिजेताले पाउने एस बर्षको ट्रफी सर्वजनिक भएको छ। बिहीवार भएको प्रेस सम्मेलनमा ६ वटा टोलीको कप्तानहरु पनि उपस्थित थिए। सबै टोलिको कप्तान र टोलीको मालिकहरु सबैले राम्रो तयारीका साथ् प्रतियोगिता जित्न खेल्ने दाबी गरेका छन। ट्र्फीको सर्वजनिक गर्दिने काम भने बिराटनगर वारीएर्सको मालिक विशाल अग्रवलले गरेका हुन।

दोस्रो  एभरेष्ट प्रिमियर लिग(इपिएल) एही शनिबार मध्यानन १२:३० देखी सुरु हुँदै छ। पहिलो खेलमा पारस खड्काको बिराटनगर वारीएर्स र ज्ञानेन्द्र मल्लको ललितपुर पेटट्रिओत्सको भिडन्त हुने छ। एभरेष्ट प्रिमियर लिग डिसेम्बर ८ देखी डिसेम्बर २२ सम्म खेलिने छ। ३ शनिबारसम्म हुने यो प्रतियोगिताको बिजेता रकम भने अझै नतोकिसकेको भएर रकमको जानकारी भोली सम्म सर्वजनिक गर्ने संस्थापक आमिर अख्तरले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *