एमिलिआनो साला

खेलपेपर, काठमाडौं।

अर्जेन्टिनिएन नागरिक एमिलिआनो साला चडेका प्लेन फ्रान्सबाट वैलस आउने क्रममा प्लेन दुर्घटना भई सालाको निधन भएको हो।

साला र पाईलट मात्र भएको प्लेनमा सालाको सब भेटिएको छ भने पाईलटको सब भेटिन अझ बाँकी रहेको छ।

२८ बर्षिये एमिलिआनो साला भर्खरै मात्र फ्रान्सको नान्टेस क्लबबाट वैलसको कारडिफ क्लबमा क्लबकै महँगो खेलाडीको रुपमा १५ मिलीयन पाउन्डमा किनिएका थिए। साला आफ्नो मेडिकल सबै टुङ्यएर कारडिफबाट नान्टेस आफ्नो पूर्व क्लबका साथीहरुलाई विदाई गर्न पुगेका थिए। १९ जनवरीको दिन साला नान्टेसको साथीहरुलाई विदाई गरेर कारडिफ आउँदै थिए। उन्ले आफ्नो साथीहरुलाई पठाएको अन्तिम भोईस मेसेजमा प्लेनको स्थिती राम्रो नभएको र आफुलाई डर लगेको बताएका थिए।

एमिलिआनो सालाको सब फेब्रुअरी ७ को दिन भेटाएको थियो तर उन्को पाईलटको सब भने अझै लापता रहेको छ। सालाको निधनको सोख मनन गर्न नान्टेसले ९औ मिनटमा खेल रोकेर सालालाई सम्झना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *