एलए टेनिस आइतबारदेखि

काठमाडौं : लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको एलएका टेनिस प्रशिक्षक रामेश्वर थापाले जनाएका छन् ।

यु–८, यु–९, यु–१०, यु–१२ र यु–१४ उमेरसमूहमा ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने छ । डबल्समा यु–१४ उमेरसमूहमा ब्वाइज÷गल्र्सतर्फ खेल हुने छ । आठदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित एलएकै कोर्टमा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published.