एशियाडका लागी यतिसम्म किन?

काठमाण्डौ, खेलपेपर संवाददाता
विगत २७ बर्षदेखी थेरापिष्टको काम गरेर राष्ट्रिय खेलकुद परिषद वरपर देखिइरहने अनुहार हो कृष्ण घिमिरे । एशियाडमा जाने टोलीमा परेर पनि अन्तिम अवस्थामा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको आदेशमा नाम काटिएको भन्दै उनी अहिले तनावमा छन् । हुन त विदेश जानकै लागी दुखेसो आवश्यक थियो वा थिएन त्यो तपसिलको विषय हो तर एशियाडको टोलीमा नाम परेर आवश्यक सवै प्रकृया पुरा भैसकेको माछेको नाम काटिनु कतिको जायज हो ? उनको एग्रिडियसन कार्ड आएको मात्र होइन जाने टोलीलाई राखेपले दिने किट्स( जुत्ता, ट्रयाकसुट, मोजा, रुमाल आदी भएको ब्याग) समेत दिइसकेपछि उनको नाम काटियो र उनको स्थानमा मन्त्रीका एक जना नजिकका मान्छे इन्डोनेशिया पुगे । नेपाली खेल क्षेत्रमा जे गरेर र जसरी भएपनि विदेश जाने मनोवृतीले जरो नै गाडेको छ । यसको उदाहरण यो एशियाली खेलकुदमा पनि देखियो । राखेपको बोर्ड निर्णयबाट अनुमोदन भएका नामहरु एशियाडको टोलीमा पर्नु पर्ने थियो तर राखेपले त्यस्तो गरेको पाइएन । राखेपका बोर्ड सदस्य र कोषाध्यक्ष जस्तो पदमा बसेका ब्यक्तिहरु समेत पनि खेलको प्रशिक्षकको कार्ड भिरेर इन्डोनेशिया पुगेको पाइयो । कोषाध्यक्ष शैलेश कर्माचार्य फुटवल प्रशिक्षक बनेर जाकार्ता पुगे । अर्का बोर्ड सदस्य शान्ती सिंह एथलेटिक्सको प्रशिक्षक बनेकी छिन् । राखेप अन्र्तगत रहेका क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्षहरु पनि भ्रमण आदेश भराएर बोर्डको निर्णय विना नै इन्डोनेशिया पुगिसकेका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका पि ए तथा ने वि संघका पूर्व प्रवक्ता उद्धव प्रसाद लामिछाने उर्फ यु पि लामिछाने पनि  राखेपको टिकट र भ्रमण भत्ता लिएर इन्डोनेशिया पुगेका छन् । यता राष्ट्रपतिबाट विदा वारी भएर माला लगाएका नेपाल भलिवल संघका महासचिव जितेन्द्र चन्द भने इन्डोनेशिया जाने टोलीमा परेनन् । उनले राष्ट्रिय खेलको महासचिवको नाम एशियाडमा नपर्नु दुखद भएको तर्क गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *