एसियन मुवाँथाई मंसिरमा

काठमाडौं: दक्षिणकाली नगरपालिका र नेपाल राष्ट्रिय मुवाँथाई संघको संयुक्त आयोजनामा एसियन जोन मुवाँथाई च्याम्पियनसिप मंसिर ३ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा एमेच्योर, सेमी प्रो, जुनियर र क्याडेट गरी पुरुषतर्फ १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

नेपालबाट १३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।उनीहरुलाई विगत एक महिनादेखि अस्ट्रेलियाली प्रशिक्षक एलेक्सले प्रशिक्षण दिइरहेको अध्यक्ष कक्षपतिले जानकारी गराए ।चार राष्ट्रको सहभागिता रहने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु फर्पिङमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *