एसियाडमा देखिएको ‘गाइजात्रा’

काठमाण्डौ, खेलपेपर
नेपाली टोलीको नेतृत्व गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट इन्डोनेशिया पुगेका थिए । टोलीको नेतृत्व गर्ने ब्यक्तिलाई खेलको भाषामा सेफ(चिफ) दि मिसन भन्ने गरिन्छ । तर केशव विष्ट खेलाडीको टोली लिएर उदघाटन समारोहको मार्च पासमा सहभागी हुनु पर्ने थियो तर उनले त्यसो गरेनन् । टोली नेतृत्व विना कुनै पनि देशले मार्च पास गर्दैन । तर उनले त्यसो गरे । यो कारण बारे खोजी गर्दा उनीबाट जवाफ आउन सकेको छैन । तर इन्डोनेशियामा रहेका खेल अधिकारीले भने खुट्टा दुख्छ, हिडनु पर्छ भनेर नजानु भएको होला भनेर पनि बताए । यस बारेमा उनी नेपाल आएपछि थप कुरा बाहिर आउला । नेपाली खेलाडी कति र कुन कुन खेलको सहभागिता भन्ने विषय पनि अहिलेसम्म गोप्य नै छ । मन्त्री स्तरीय बैठक बसेर गरेको निर्णय अनुसार नेपालबाट १ सय ८५ खेलाडीको नाम अनुमोदन गरिएको भनिएको थियो । तर एसियाडको आधिकारीक वेवसाइटमा नेपालबाट १ सय ९४ खेलाडी भनिएको छ । यो विषयमा पनि तथ्य कुरा बाहिर आउन सकेको छैन । एथलेटिक्स खेलाडीको नाम इन्ट्रि नै नभएका कारण खेलमा सहभागी हुन नपाएको विषय पनि बाहिर आइसकेको छ । कबड्डी खेलको ब्यक्तिलाई एथलेटिक्स खेलको टिम मेनेजर बनाएर इन्डोनेशिया पठाउने नेपाली खेल अधिकारीले जिम्मा लिनु पर्ने तर्क गर्न थालिएको छ । कबड्डी खेलकी शान्ती सिंह जो राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत हुन् उनलाई एथलेटिक्स खेलबाट इन्डोनेशिया लैजाने काम गरिएको छ । राष्ट्रिय योजना आयोगबाट ना सु स्तरको सुविधा खाने गरी राखेपमा स्वयंसेवकका रुपमा आएका विक्रम न्यौपाने पनि खेलको ब्यवस्थापक भएर इन्डोनेशिया पुगे । क्षेत्रिय खेलकुद विकास समितिका रविन नगरकोटी, मानदेव हजारा र भिम ओली पनि भम्रण आदेश लिएर इन्डोनेशिया पुगे । कुन खेल र के ब्यवस्थापनका लागी उनीहरुलाई इन्डोनेशिया लगिएको हो त्यो अहिलेसम्म कसैलाई थाहा छैन । सवैभन्दा महत्वपुर्ण विषय भनेको यती ठुलो खेल महोत्सवमा जाँदा समेत बोर्ड बैठक बसेर निर्णय गरेर सवै कुरा टुङगो लगाउनु पर्ने थियो तर त्यसो गरिएको छैन । सवै विषय पछि बोर्ड बैठकबाट पास गर्ने गरी भनेर निर्णय गरिएको छ । युवा तथा खेलकुद मन्त्री र युवा तथा खेलकुद सचिवलाई समेत बाइपास गरिएको भन्दै मन्त्रालयले समेत ओलम्पिक कमिटिको काम कारवाहीमा आपत्ती जनाएको पनि श्रोतको दावी छ । फुटवल खेलको प्रशिक्षक बनेर १२ जनाको नाम इन्डोनेशियामा इन्ट्री गरिएको विषय पनि यस अघि नै सार्वजनिक भइसकेको छ । नक्कली डाक्टर बनेर भलिवल खेलका एक पदाधिकारी पनि इन्डोनेशिया पुगेको बताइन्छ । उनलाई भलिवल संघका महासचिव जितेन्द्र चन्दले इन्डोनेशिया लिएर गएको बताइन्छ । एलेटिक्स खेलाडी उदघाटन समारोहमा जान नपाउदा दुखेसो गरिरहेका थिए तर नेपाली खेल क्षेत्रका पदाधिकारी र राखेपका कर्मचारी मार्च पासमा सहभागी हुदै झण्डा हल्लाउदै सामाजिक संजालमा फोटो पोष्ट गरिरहेका थिए । गाइजात्रा मनाउदै गर्दा इन्डोनेशियाको जाकार्तामा नेपाली खेल क्षेत्रले देखाएको गाइजात्रा खेल क्षेत्रकै इतिहासमा कालो अक्षरले लेखिन सक्ने तर्क खेल विज्ञहरुको छ । खेल क्षेत्रको यो तहको विकृती अन्त्य गर्नका लागी कसले र कहिले पहल गर्ला खेल क्षेत्र कुरेर बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *