एसियाली यू–१४ टेनिस सोमबारदेखि

काठमाडौं  : नेपाल टेनिस संघको आयोजनामा एसियाली यू–१४ टेनिस र्याङकिङ सी–२ टेनिस च्याम्पियनसिप सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा नेपाल सहित पाँच देशका ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालबाट ३६, भारतबाट १०, जापान र मलेसिायबाट एक एक तथा स्वीट्जरल्यान्डबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पाँचदिने प्रतियोगिताका खेलहरु सातदोवाटो स्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *