एैन होइन इमान्दारिता आवश्यक

स्पष्ट ऐन र नियमका कारण खेल क्षेत्र कमजोर भएको विश्लेषण सहित युवा तथा खेलकुद मन्त्री पूरुषोत्तम पौडेल अन्तराष्ट्रिय मान्यता प्रँप्त नेपाल ओलम्पिक कमिटिको सहयोगमा नया एैन बनाउने तयारीमा जुटेका छन् । त्यसका लागी विभिन्न गोष्ठी र सेमिनार अनि बहसका कार्यक्रम भइरहेका समाचार र सुचनाहरु प्राप्त भइरहेका छन् । तर महत्वपुर्ण प्रश्न भएको के नेपाली खेल क्षेत्र ऐन र कानुनकै कारण मात्रै कमजोर भएको हो । खेल क्षेत्रले गति लिन नसक्नुमा के त्यो नै प्रमुख कारण हो त ? मन्त्री पौडेलकै भाषालाई सापटी लिने हो भने पंचायतकालिन ऐनकै जगमा स्थापित भएको नेपाली खेल क्षेत्रमा पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले र केही बर्ष यता आएर एनेकपा माओवादीका कार्यकर्ताले रंगशालालाई राम्रो क्रिडास्थल बनाइरहेका छन् । उनीहरुले त्यती मात्र गरेका छैनन् राम्रँे दाम कमाउने स्थल पनि खेल क्षेत्रलाई बनाइरहेका छन् । खेल विज्ञहरुका अनुसार खेल क्षेत्रमा लाग्नेहरुमा केही प्रतिशत मात्रै पनि इमान्दारिता र अनुशासन भइदिएको भए खेल क्षेत्रले काचुली फेरिसक्थ्यो । तर त्यो अवस्था अहिलेसम्म देख्न पाइएको छैन । आगामी कति बर्षसम्म त्यो अवस्था रहने हो त्यो पनि हेर्न बाकी नै छ ।

अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापाको विषयमा भइरहेको छानविनलाई कतिले खेल क्षेत्र माथीको हस्तक्षेप पनि भनिरहेका छन् । अनावश्यक रुपमा खेल भाड्न खोज्ने षडयन्त्रका रुपमा पनि एन्फाका पदाधिकारीहरुले ब्याख्या गरिरहेका छन् । कतिले भने गणेश थापा माथी भइरहेको छानविनलाई सही ठह¥याएका पनि छन् । उनीहरुको दृष्टिकोणमा एन्फा अध्यक्ष थापाले गल्ती नै गरेको हो र नेपालको फुटवल खेलको विकासका लागी आएको रकम उनले ब्यक्तिगत रुपमा प्रयोग गर्ने गरेका छन् । आज मैले उठाउन खोजेको विषय गणेश थापाले गल्ती गरे वा गरेनन् भन्नेमा केन्द्रित छैन । कुरो केन्द्रित छ आफु अनुकुलको ब्याख्या गर्ने चलनमा । आफुलाई अनुकुल भए नियम कानुन मिचिए पनि ठिक हुने अन्थया त्यही खराव र गलत हुने चलन नेपाली खेल क्षेत्रका लागी नौलो विषय होइन । एन्फाका पदाधिकारीहरुले पनि कहिले त्यही विषय ठिक र कहिले बेठिक भन्ने चलनलाई आत्मसात गरेको पाइन्छ । विगतमा गणेश थापाको समर्थनमा जुटेका विजय मानन्धर र कर्मा छिरी शेर्पाहरु अहिले उनी विरुद्ध उत्रेका छन् । तर गणेश थापा विगतमा उनीहरुसग सम्बन्ध राम्रो हुदा जस्तो थिए आज पनि त्यस्तै छन् । यस्तो अनुकुलता र प्रतिकुलताको ब्याख्याले नै खेल क्षेत्रलाई कमजोर बनाउदैछ ।
खेल क्षेत्रमा सवैभन्दा बढी विवाद हुने भनेकै अन्तराष्ट्रिय संबन्धनकै विषयलाई लिएर हो । अन्तराष्ट्रिय जगतको सान सौतक र विदेशी सहयोग नै नेपालको विवादको मुख्य जड हो । अन्तराष्ट्रिय ओलम्पिक कमिटिको चार्टरलाई नेपालका खेल अधिकारीहरु र विशेष गरी नेपाल ओलम्पिक कमिटि अन्र्तगत रहेका खेल संघका ब्यक्तित्वहरुले सवैभन्दा बढी उठाउने गरेको पाइन्छ । तर त्यो चार्टर पनि नेपालको सन्दर्भमा आफु अनुकुल ब्याख्या हुने गरेको छ । राष्ट्रिय खेलकुद परिषदले संघहरु माथी हस्तक्षेप गर्दा अनुकुल भएमा चुप लागेर बस्ने र अनुकुल नभएमा हस्तक्षेप भयो भनेर अन्तराष्ट्रिय जगतमा हार गुहार गर्ने चलन पनि नौलो होइन । अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटिका वर्तमान महासचिव जीवन राम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुदा ८ वटा खेल संघ विघटन गरेर आफनै अनुकुलकालाई सहभागी गराएर नया खेल संघ बनाइएको थियो । त्यती बेला ती संघलाई ओलम्पिक कमिटिले पनि मान्यता दियो । तर त्यती बेला पुर्ण रुपमा ओलम्पिक चार्टरको भावना विपरित भयो भनेर अन्तराष्ट्रिय ओलम्पिक कमिटिले पनि भनेको थियो । तर त्यसलाई नेपाली खेल अधिकारीहरुले आफु अनुकल नै बनाए र विदेशीलाई समेत थामथुम लगाउन सफल भए । त्यो बेलाको घटना क्रमले नेपाली खेल क्षेत्रमा विवादको जरो गाडेको हो । जसले अहिले नेपाली खेल क्षेत्रमा विवादको रुख नै बनिसकेको छ । पछिल्लो समय राखेपमा सदस्य सचिवका रुपमा युवराज लामा आएपछि उनले पनि नेपाल कराते महासंघमा आक्रमण गरे । त्यो आक्रमण कुनै पनि रुपमा विधि सम्मत थिएन तर पूर्व सदस्य सचिव जीवन राम श्रेष्ठको शैलीको फोटो कपी भने थियो । तर त्यो संघलाई नेपाल ओलम्पिक कमिटिले अहिलेसम्म मान्यता दिएको छैन र वास्तवमा विधिलाई मान्ने हो भने दिने अवस्था पनि छैन । तर त्यस्तो नियम कसैलाई लागु हुने र कसैलाई नहुने भन्ने छैन । ओलम्पिक चार्टर अनुसार कुनै पनि देशको कानुन, ऐन र नियममा आधारित रहेर अन्तराष्ट्रिय मुल्य र मान्यता अनुसार अगाडी बढ्नु पर्ने हुन्छ । तर नेपालमा त्यो अवस्था कहिले पनि देखिएन । एउटाले अर्काको अस्तित्व स्वीकार नगर्ने र अनुकुलता र प्रतिकुलताको आधारमा ब्याख्या र विश्लेषण गर्ने गरिएको छ जसका कारण नेपाली खेल क्षेत्र दिन दिनै समस्याग्रस्त बन्दैछ । यस्तो शैलीको ब्याख्या र विश्लेषण गर्ने शैली खेल पदाधिकारीहरुमा मात्र होइन राखेपका कर्मचारी र खेल ब्यक्तित्वहरुमा पनि छ । त्यसको असर खेलाडी र प्रशिक्षकमा पनि देखा परेको छ । कतिसम्म भने गणेश थापाले गएर मैदानमा थर्काएको भरमा प्रशिक्षहरुले समेत अनुकुलताकै भाषा बोलिदिने । यसबाट के बुझने । यो अवस्था नेपाल आएका विदेशी प्रशिक्षकहरुमा पनि देखिने गरेको छ । सायद उनीहरुले पनि नेपालको माटो सुहाउदो भाषा बोलेका होलान् ।
थोरै क्षेत्रहरु मध्ये खेल नै एउटा यस्तो क्षेत्र होला जहा विकल्प सायदै हुन्छ । खेलको एउटा निश्चित नियम हुन्छ र त्यो नियम भंग ग¥यो भने खेलाडी बाहिरिन पुग्छ । कि त उनले नियम र परिधिमा रहेर खेल खेल्नु पर्ने हुन्छ । खेलमा या त उसले जीत हात पार्छ या त पराजय ब्यहोर्नुपर्ने हुन्छ । तर पराजयका बावजुद उसले खेल भावनाको सम्मान गर्दै स्वभाविक रुपले घर जानु पर्ने हुन्छ । खेलको यो सर्वमान्य सिद्धातलाई खेल नेतृत्व सम्हाल्ने अधिकारीहरुले भने पालना गरेको देखिदैन । आफनो अनुकुलता अनुसार ब्याख्या गर्ने चलनले नेपाली खेल क्षेत्रलाई दिन दिनै ओरालो तर्फ धकेलिरहेको छ । राखेपमा सदस्य सचिव भएर आएपछि युवराज लामाले पनि साढे दुई बर्षको अन्तरमा चार पटक आफनो मान्यता परिवर्तन गरे । उनले कहिले  प्रधान नेतृत्वको ओलम्पिक कमिटि नै ठिक हो भनेर तर्क गरे भने कहिले त्यो अवैधानिक हो भनेर जीकिर पनि गरे । उनले समर्थन जनाएको बेला प्रधान नेतृत्वको कमिटिले पनि लामालाई राम्रो मान्छेको संज्ञा दियो । तर विरोध जनाएको बेला लामाले खेलकुद विगारे भनेर त्यो समुहले ब्याख्या र विश्लेषण गरेको पाइयो । आखिर जसले जे भनेपनि सत्य त एउटै हुन्छ नि तर खेलकुदमा त्यो आजका दिन सम्म पनि लागु भएन ।
नेपालका अधिकांश खेल संघले आफुलाई १० प्रतिशत जति पनि विधिसम्मत र कानुनी बनाउन सकेका छैनन् । प्राय सवै खेल संघको अवस्था लथालिङग र भताभुङग नै छ । अहिले राखेपले रंगशाला पुर्ननिर्माण गर्न थालेपछि त धेरै खेल संघ झोलामा थन्केका छन् ।
तर पनि राज्य र खेलकुदले सहयोग गरेन र सधै विवाद मात्रै निम्त्यायो भनेर खेल संघका पदाधिकारीहरु गुनासो गरिरहेका हुन्छन् । नेपालमा देखिएका खेल भित्रका विवादहरुलाई समाधान गर्न कसैले पनि सर्वमान्य सिद्धान्त अनुसार अगाडी बढ्ने सोच राखेको देखिदैन । अर्काको अस्तित्व स्वीकार नगर्ने र सत्ताका लागी जस्तो पनि ब्याख्या र विश्लेष गर्ने चलनले खेल क्षेत्र पनि ग्रस्त नै छ । खेलको भावनालाई आत्मसात गरेर खेलको विकासलाई मुख्य एजेण्डा बनाएर विवाद समाधानको प्रकृया शुरु गर्ने हो भने पाच मिनेट पनि लाग्दैन समाधान खोज्नका लागी ? तर त्यसका लागी तयार हुने को ? विरालोको घाटीमा घण्टी बाध्ने चाही कसले र कसरी? अर्को सवैभन्दा महत्वपुर्ण पाटो भनेको खेल क्षेत्रमा लाग्नेहरुले आजका दिनसम्म पनि आफुले गल्ती गरेको स्वीकार गरेको पाइएन ।
खेल क्षेत्रकै ब्यक्तित्वहरुको गल्तीका कारण समस्याहरु देखिने गरेका हुन् । तर आफुले उत्पन्न गराएको समस्या भएपनि अर्काको टाउकोमा दोष थुपार्न उनीहरु मानसिक रुपमा सधै तयार भएका देखिन्छन् । त्यसका लागी पनि अनुकुल र प्रतिकुलताको ब्याख्या गर्ने लाइन उनीहरुले खोजि गरिसकेका हुन्छन् । त्यसैको लहै लहैमा नेपाली खेल कुदने गरेको हुन्छ । अनुकुलता र प्रतिकुलता अनुसार ब्याख्या गर्न जान्ने कुशल भाषा विद र कलाकारहरुको बर्चश्व रहेसम्म खेल क्षेत्रमा सुधारको अपेक्षा गर्न कठिन छ । इमान्दारिता र अनुशासन खेल क्षेत्रको मियो हो । त्यसको अभावमा जस्तो सुकै नियम र कानुन बनेपनि खेल क्षेत्रको भलो हुने वाला छैन । सवैलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *