ए’ डिभिजन लिग ः आज तीन खेल

खेलपेपर, काठमाडौं।
२३ मङ्सिर २०७५

पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार ३ खेल हुँदैछन् ।

पहिलो खेलमा नेपाल एपीएफ क्लब र सरस्वती युवा क्लब खेल्दैछन् । एपीएफ अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोडेर आठौं स्थानमा छ । सरस्वती भने २ ज्जितसहित ६ अंक जोडेर नवौं स्थानमा छ ।

दोस्रो खेलमा रुस्लान थ्री स्टारले अर्को ललितपुरे टोली जावलाखेल युवा क्लबको सामना गर्दैछ । थ्री स्टार ६ खेलमा १५ अंक जोड्दै तेस्रो स्थानमा छ । जित दर्ता गरे थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ । जावलाखेल भने ४ अंक जोड्दै १२ औं स्थानमा छ ।

हल्चोकमा हुने एकमात्र खेलमा भ्याली च्यासल युवा क्लब र एनआईबीएल फ्रेन्ड्स क्लब खेल्नेछन् । च्यासलले पछिल्लो खेलमा शेर्पालाई पराजित गर्दै सातौं स्थानमा उक्लेको छ । च्यासलको २ जित र १ बराबरसहित ७ अंक रहेको छ । फ्रेन्ड्स भने ५ अंकसहित दशौँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *