ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

खेलपेपर, काठमाडौं ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको पाँचौ चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा मक्चिन्द्र क्लब र फ्रेन्डस क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

सोही मैदानमा आजै हुने दोस्रो खेलमा अंक तलिकाको चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र हिमालअयन शेर्पा विरुद्व खेल हुनेछ । सो खेलको बिजेता अंक तलिकाको दोस्रो स्थानमा उक्लिने सम्भावना रहेको छ।

अर्को हल्चोक मैदानमा हुने ब्रीगेड बोइज र जावलाखेल बिचको खेल पनि २:३० मा सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *