ओडिसी बास्केटबल शनिबारदेखि

खेलपेपर, काठमाडौं |
ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा ११ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फ २४ र सिनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने ओडिसीका प्रिन्सिपल नारायण रोकाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गल्र्सको स्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ ।
जुनियर ब्वाइजमा एन्जल्स हार्ट र सिनियर गल्र्समा एचएचसीए डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ओडिसीकी अध्यक्ष पवित्रा थापाले जानकारी गराइन् । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *