ओलम्पिक डेमा विभिन्न कार्यक्रम

आधुनिक ओलम्पिकको जन्मदिनलाई सम्झेर बिश्वमानै ओलम्पिक संग आवद्ध राष्ट्रहरुमा मनाईरहेके ओलम्पिक डेको अवसरमा नेपाल पनि विविध कार्यक्रम आयोजना गरि ५ दिन सम्म मनाईने भएको छ । त्यसैक्रममा पोखरमा आर्चरी संघको आयोजनमा टोकियो ओलम्पिकलाई मध्यनजर राख्दै प्रशिक्षणमा रहेका खेलाडीहरुले आर्चरी खेलको प्रदर्शन गरेका छन् । यस्तै फेन्सिङ्ग संघको आयोजनामा फेन्सिङ्ग प्रदर्शन, बाँकेमा मंगोलियन जुडो डोजोद्वारा जुुडो खेल प्रदर्शनका साथै भिएस निकेतन स्कुलले २५० बिद्यार्थीहरुलाई भर्चअल चित्रकला आयोजना गरि मनाएका छन् । यस्तै ५ दिन सम्म विभिन्न जिल्लामाम विभिन्न कार्यक्रम गरि ओलम्पिक डे मनाईने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *