खेलपेपर, काठमाडौं।
५ फाल्गुन २०७५
म्यान्चेस्टर युनाईटेडको पुर्व खेलाडी रहेका र हाल युनाईटेडको “किएर टेकर” प्रशिक्षकको रुपमा नियुक्त ओले गोनेरलाई एश साता निकै कठिन परीक्षा रहने छ।
पूर्व प्रशिक्षक जोसे मोउरिनोलाई म्यान्चेस्टर युनाईटेडले बर्खस्त गरेपस्चात ओले गोनेर सोल्क्स्जेरलाई “किएर टेकर” प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। युनाईटेडको प्रशिक्षकको रुपमा खेलेको पहिलो खेलमा ओले गोनेरको टोलीले कार्डइफलाई ५-१ गोल अन्तरले हराएको थियो। उन्ले नेत्रित्व गरेको खेल्हरुमा युनाईटेडले राम्रो प्रदर्शन गर्दै ईंग्लिश प्रेमिएर लिगको चौथो स्थानमा पुग्न सफल भएको हो।
गत साता भएको पि.ईश.जि सँगको च्यम्पिओनस लिगको खेलमा युनाईटेडले २-० ले हार बेहोरे पछी ओले गोनेरको नेत्रित्व माथि बिभिन्न प्रश्न उठ्न थालेको छ। हारसङै युनाईटेडको अर्को चरणमा पुग्ने मौका निकै कम देखिन्छ।
अब आउने खेलहरुमा म्यान्चेस्टर युनाईटेडले एफ-ए कप अन्तर्गत चेल्सीसँग खेल्ने छ र त्यो खेल पछी लिगमा लिगको सिर्श स्थानमा रहेको लिभरपुलसँग खेल्ने छ। सिजनमा उत्कृष्ट परीणाम लेराउन दुबै खेल जित्न अत्यन्तै जरुरी रहेको छ।