ओसिस कपमा आयोजकको जीत

काठमाण्डौ, खेलपेपर ।
आयोजक ओसिस स्कुलले प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन सोमबार मिश्रित प्रदर्शन गरेको छ । ढोलाहिटीस्थित घरेलु कोर्टमा ब्वाइजमा ओसिस ‘ए’ ले एकमा जित हात पा¥यो भने अर्कोमा पराजय भोग्यो । ओसिस ‘ए’ ले क्याम्पियन एकेडेमीलाई ६२–४१ ले पराजित ग¥यो । ओसिस ‘ए’ को जितमा हरिश शाहीले २८ अंक योगदान गरे । सुजन महतको २६ अंक सहयोगमा होप भ्यालीले ओसिस ‘बी’ लाई ५३–१३ ले सजिलै हरायो । ब्वाइजको अन्य खेलमा रेडिअन्टले इरिस एकेडेमीलाई ५४–४७, रातो बंगलाले क्यारेबियनलाई १९–१३, एलआरआईले ग्रामरलाई ४९–३१, नालान्डाले कमललाई ३३–१५, विल्सन एकेडेमीले नेपालयलाई ५७–२९ तथा किस्कले विराटलाई ५६–४४ ले पन्छाए । रेडिअन्टका सुवास चौधरीले १८, रातो बंगलाका प्रसयजंग कार्कीले ६, एलआरआईका धिरन कठायतले १६, नालान्डाका रमेशले ११, विल्सनका पेम्बा शेर्पाले २५ तथा किस्कका विश्वास कर्माचार्यले १७ अंक जोडे । प्रतियोगिताको ओसिसकी संस्थापक जानुका लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरिन् । असोज ७ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा १२ गरी २८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । गल्र्सको प्रतिस्पर्धा थ्री अन थ्री स्वरुपमा हुनेछ ।

Leave a Reply

Your email address will not be published.