औबामेयाङ भए यो बर्षको अफ्रिकन फुटवलर

केपटाउन, एजेन्सी । गाबोका स्ट्राइकर पियरी इमेरिक औबामेयाङ यो बर्षको अफ्रिकन फुटवलर अफ द इयरको उपाधि जित्न सफल भएका छन् । आइभोरी कोष्टका याया टुरेलाई पछि पार्दै औबामेयाङले सो उपाधि हात पारे । अफ्रिकन फुटवल महासंघ अन्र्तगत रहेका देशका प्रशिक्षक र टेक्निकल डाइरेक्टरको भोट बाट प्रत्येक बर्ष यो उपाधि विजेता घोषणा गर्ने गरिन्छ । ३२ बर्षिय टुरेले १ सय ३६ अंक पाएका थिए भने औबामेयाङले १ सय ४३ अंक हात पारेका थिए । २६ बर्षिय औबामेयाङ यो उपाधि जित्ने उनको देशको पहिलो खेलाडी हुन् । स्वान्सेका मिडफिल्डर घानाका आन्ड्रे आयु भने १ सय १२ अंकका साथ तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भए । यो सिजनमा औबामेयाङ बुन्डेसलिगामा सवैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । १७ खेलमा उनले १८ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published.