कप्तान कोलेमनको मैदानमै खुट्टा भाँचियो ।

चैत, १२, एजेन्सी ।   आयरल्यान्डका कप्तान सिमुस कोलेमनको विश्व कप छनोटअन्तर्गत वेल्सविरुद्धको खेलमा खराब ट्याकलका कारण खुट्टा भाँचिएको छ। अभिभा रंगशालामा गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा इभर्टनका डिफेन्डरलाई मैदानमा अक्सिजन माक्स लगाएर बाहिर निकाल्नु परेको थियो। उनी दोस्रो हाफमा निल टेलरको खराब ट्याकलका कारण घाइते भएका थिए। जुन घटनामा टेलरलाई रातो कार्ड देखाइएको थियो। आइरिस प्रशिक्षक मार्टिन ओनीलले खराब ट्याकलका कारण कप्तानको बर्हिगमनलाई दुःखद बताए। उनले भने, ‘उनी गज्जबको खेलाडी हुन। त्यसैले उनलाई गुमाउनु पर्दा हामी तथा उनको क्लबलाई ठूलो क्षति भएको छ।’ वेल्स प्रशिक्षक क्रिस कोलेमनले पनि विपक्षी टोलीको कप्तानसँग मैदानमा भएको खराब व्यवहार प्रति दुःख मनाउ गरे। उनले घटनाका लागि आफू निकै दुःखी भएको बताए।

Leave a Reply

Your email address will not be published.